मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
रौतहट-रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ। गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो।
सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ वर्षीय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको प्रहरीले जनाएको हो।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो। डिएसपी श्रीराम भण्डारीले घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको डिएसपी भण्डारीले बताउनु भयो ।