कपिलवस्तुमा पनि राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो
कपिलवस्तु -जिल्ला आयुर्वेद कार्यालय कपिलवस्तुले विविध कार्यक्रम गरी रराष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ ।“आयुर्बेद बिकासको आधार, जनशक्ती बिकास र पुर्बाधार” भन्ने मुल नाराका साथ दिवसको अवसरमा औषधी व्यावसायी संघ जिल्ला शाखा कपिलधाम आरोग्य मन्दिर बाणगंगा मोतिपुर पुजा आरधाना गर्दै मनाइएको आयुर्वेद कार्यालय कपिलवस्तुका अध्यक्ष गोपाल वन्जाडे जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि योग प्रवर्द्धक योगगुरु आत्माराम आचार्यले योग आयुर्वेद तथा प्राकृतिक चिकित्साको संयोजनबाट रोगको उपचार गरेमा धेरै रोग स्वतः निको हुने बताउनु भयो । उहाँले आयुर्वेद औषधीले उपचारले मानिसको शरिरमा हुने फाइदा औषधी प्रयोगले असर नपार्ने बारेमा जानकारी गराउँदै दिवस र जयन्तीको महत्व बारे प्रकाश पार्नु भएको थियो
।
कार्यक्रममा आयुर्वेदका ज्ञाता धवन्तरिका बिषयमा उपस्थित सबैले धवन्तरिको खुलेर प्रशंसा गरेका थिए ।कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका बेदुराम पोख्रेल, मेलान जिल्ला अध्यक्ष गोपाल खनाल लगायतले कार्यक्रमा बोदे आयुर्वेद औषधीले शरिमा नोक्सानी नुहने र शरिरलाई फुर्तिलो बनाउने जस्ता कार्य गर्ने भएकाले घरेलु तथा आयुर्वेद औषधी प्रयोग गर्ने सर्व साधारणलाइ आग्रह गर्नु भयो ।आयुर्वेद औसधीको समुचित तरिकाबाट प्रयोग गर्ने विधि र जानकारी बारे उहाँहले जोड दिनु भयो ।
त्यस्तै कायक्रममा कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामलाई धवन्तरि धामको रुपमा बिकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।कपिलधामलाई योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको क्षेत्रबाट चिनाउन आफू लागिपरेको हुनाले सबैलाई सहयोग गर्न अनुरोध समेत गर्नु भयो ।
।कार्यक्रममा योगगुरुद्दय टोपनारायण भण्डारी र बिष्णुप्रसाद भण्डारीले आयुर्वेद औषधीले पारेको प्रभावकारीताका बिषयमा आआफ्ना स्मरण सुनाउदै सबै मिलेर आयुर्वेद क्षेत्रको बिकासमा जुट्न आब्हान गर्नुभयो ।नेपाल आयुर्वेद औषधि संघ कपिलवस्तुका अध्यक्ष गोपाल वन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघमा आवद्द औषधि व्यवषयिहरुको सहभागितामा इक्रम सम्पन्न भएो हो ।