Connect with us
Kapilvast Forest

प्रदेश १ का मुख्यमन्त्रीकाे शपथ दिउँसो २ बजे

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

 

विराटनग-प्रदेश १ मा आज नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । राईको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गठबन्धन दलहरुले गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे मुख्यमन्त्रीको शपथ ग्रहणको तयारी गरेको छ । गठबन्धन दलहरुले मुख्यमन्त्रीसँगै गठबन्धन दलबाट कम्तीमा एक एक जना मन्त्री पठाउने गरी छलफल गरिरहेको भए पनि अहिलेसम्म कुनै निष्कर्ष नआएको बताइएको छ । अहिले सबै दलहरु आन्तरिक बैठकमा व्यस्त रहेको नेकपा माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाले जानकारी दिनुभयो ।

सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन गर्न आह्वान गरेलगत्तै गठबन्धनमा आबद्ध दलहरूले हिजो साँझै नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गरी मुख्यमन्त्रीले भीमप्रसाद आचार्यले राजीनामा घोषणा गर्नुभएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu