Connect with us
Kapilvast Forest

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं– ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ ।

प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयाे ।

गएकाे आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६६ चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने एक सय १३ प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवम् प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । त्यही अभियानलाई थप प्रभावकारी बनाइ चालु आर्थिक वर्षकाे ६ महिनामा एक सय नाै चालकलाई पक्राउ गर्ने ८३ ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu