Connect with us
Kapilvast Forest

एमाले महाधिवेशनको उद्घाटनमा पाँच लाख जनता उतार्ने

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

 

काठमाडौं -एमालेले दसौं महाधिवेशनको उद्घाटनमा पाँच लाखभन्दा बढी जनता उतार्ने दाबी गरेको छ। पार्टी सचिव योगेश भट्टराईले महाधिवेशनको प्रचार अभियानको सुरुवात गरेको जानकारी दिनु भएको छ ।

महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ। वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने उहाँले बताउनु भयो ।

उहाँले लोकप्रिय जनमतसहित सत्तारोहणमा पुनस् फर्किने सन्देश महाधिवेशनले दिने बताउनु भयो । ‘यो महाधिवशेनमा पाँच लाखभन्दा बढी जनता उपस्थिति गराइनेछ, यो महाधिवेशनको विशेष महत्त्व राख्छ। यसले आगामी आम निर्वाचन, स्थानीय निर्वाचनमा बहुमतसहित सत्तामा फर्किने सन्देश दिनेछ’, उहाँले भन्नु भयो । साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उहाँको भनाइ छ। उहाँका अनुसार एमालेको नयाँ विधान प्रकाशित गर्ने काम भइसकेको छ। राजनीतिक र संगठनिक प्रतिवेदन प्रकाशित गर्ने काम भइरहेको छ।

महाधिवेशनलाई कसरी भव्य बनाउने भन्ने उद्देश्यका साथ विभिन्न जनवर्गीय संगठनसँग एमालेले छलफल गरेको छ। एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० औं राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ। नारायणी नदीको किनारामा उद्घाटन र सौरहामा बन्दसत्र हुनेछ। यो महाधिवशेनले एमालेको नेतृत्वको चयन गर्नेछ।

कार्तिक ६ गते वडा र ९ गते पालिका महाधिवशेन पनि एमालेले सकिसकेको छ। गत असोज १५ देखि १७ गतेसम्म एमालेले पहिलो विधान महाविधेशन सम्पन्न गरेको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu