Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट पेस्तोल सहित एक युवक पक्राउ

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं-कपिलवस्तुको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । गएराती मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताउनु भयो ।

 

भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको छ ।

आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ । फेराजबारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu