Connect with us
Kapilvast Forest

कपिलवस्तुको सीमा नाका हुँदै बुटवल पुगेको ५१ लाख बराबरको सामान बरामद

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

 

कपिलवस्तु-भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बरामद गरेको छ। लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त बराबरको भन्सार छलीको सामान प्रहरीले बुधबार बिहान बुटवलबाट नियन्त्रणमा लिएको हो।

भन्सार छलेर ठूलो मात्रामा सामान ल्याइँदै गरेको सूचनाका आधारमा प्रहरीले ती दुई वटा गाडीलाई रोकेको थियो।

गाडीमा रहेको कुर्ता सुरुवाल, जुत्ता, लिपगार्ड, साडी, चुन्नीलगायत जाडोमा प्रयोग हुने सामानहरू बरामद भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

रूपन्देहीकै विभिन्न ठाउँबाट आइतबार, सोमबार र मंगलबार भन्सार छलेर ल्याइएको १० लाख रुपैयाँ बराबरको सामान बरामद भएको केसीले बताए।

बरामद सामान, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको केसीले बताए। चाडवाडको समयमा सीमाबाट हुने चोरी(तस्करी रोक्नका निम्ति प्रहरी परिचालन भएको केसीले बताउनु भयो । यो समान बुटवलका केही व्यापारीले भारतबाट ल्याएको बुझिएको छ।

सामान कसले भित्र्याएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu