Connect with us
Kapilvast Forest

लक डाउनमा पर्यटकको उत्कृष्ट उद्धार गरेकोले नेपालले पायो अवार्ड

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौ- कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।

विश्वचर्चित वन्डरलस्ट म्यागजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो ।

आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोमिनेशन भएका नौंवटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो । पर्यटन मन्त्री प्रेम बहादुर आले,पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोईराला, बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ६ वटा नेपाली पर्यटन व्यवसायी कम्पनीहरू सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी रहेको छ । सोही अवसरमा आयोजित अर्को एक समारोहमा नेपाललाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपाल पर्यटन बोर्डले सो समयमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अन लाइन अभियान सञ्चालन गरी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी),जिल्ला प्रशासन कार्यालय,पर्यटक प्रहरी,स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।

यस्तै बोर्डले नेपाल स्थित विभिन्न कुटनीतिक नियोगहरूसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइट मार्फत करिब ५ हजार भन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।

यसैबीच वल्र्ड ट्राभल मार्ट (डब्लूटिएम) मा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले कोभिडको समयमा नेपालले गरेका कार्य तथा त्यस पछि नेपालको समग्र पर्यटनको अवस्थाका बारेमा विश्व चर्चित मिडिया बीबीसी,सीएनएन,लोन्ली प्यानेट र वन्डरलस्ट म्यागेजिनका सञ्चारकर्मी तथा अन्य पर्यटन क्षेत्रका विज्ञहरुसँग छलफलमा सहभागी हुनु भएको थियो भने (डब्लूटिएम) चाइना फोरमले आयोजना गरेको अन्तरत्रियामा समेत सहभागी हुनु भएको थियो ।

कार्यक्रमका अवसरमा डा. रेग्मीले कोभिड पछि नेपालले विभिन्न स्वास्थ्य तथा सुरक्षका मापदण्ड तयार गरेको र सोही मापदण्डका आधारमा विदेशी पर्यटक आगमन खुला गरेको जानकारी दिनुभयो । गत वर्ष कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको डब्लूटिएममा यस वर्ष भने विश्वभरका १५० देशहरुको सहभागिता रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu