Connect with us
Kapilvast Forest

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोमा उठ्यो एक लाख ७५ हजार सहयोग

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका सहयोग स्वरूप एक लाख ७५ हजार उपलब्ध गराइएको छ। तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनु भयो ।

गाईबाच्छा संरक्षण स्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो। गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङ र वडा नम्बर ८ का अध्यक्ष मनोज ढुङ्गाना, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष श्रीप्रसाद चापागाईँलगायत स्थानीय तहका जनप्रतिनिधिको पनि देउसी भैलोमा सहभागिता थियो।

सडकमा छोडिएका १०० वटाभन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन्। संरक्षण स्थलमा गाईको संख्या थपघट भइरहने गरेको छ। कोरोना महामारीका कारण विसं २०७६ चैत ११ देखि बन्दाबन्दी गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो।

यहाँ २०७७ जेठ २ गतेदेखि गाईबाच्छा संरक्षण गर्न थालिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनु भयो । देउसीभैलौ, जन्मदिनलगायतको उपलक्ष्यमा दाताले दिने सहयोगबाट १०० भन्दा बढी गाईबाच्छाको संरक्षण हुँदै आएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu