कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते
काठमाडौं -सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गतेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो । बैठकमा पार्टीको आसन्न महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको सहभागिता रहने उहाँले बताउनु भयो ।