Connect with us
Kapilvast Forest

बाबुरामलाई ओलीको प्रश्न ?कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाउनुभयो ?

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाउनु भएको छ ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाउनु भएको हो ।

 

‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला रु के जादु होला त्यसमा भन्नुस् त ’ उहाँले भन्नु भयो , ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो रु कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त

ओलीले अगाडि भन्नु भयो? ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा कहाँको आम्दानीले

पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाउनु भयो । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उहाँले भन्नु भयो ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu