Connect with us
Kapilvast Forest

सोसल मिडिया वार’को पक्षमा ओली, गलत लेखे कमेन्टबाटै सातो लिने चेतावनी

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सोसल मिडिया वार’ मा सामेल हुन नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बनाएको ‘साइबर सेना’को चर्को आलोचना भइरहेका बेला ओलीले भन्नु भयो ‘सोसल मिडिया वार’मा सहभागी हुनुपर्ने बताउनु भयो ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको आलोचना गर्नु भयो । एक नेताले पदका लागि उपदो मच्चाएपछि आफूले अभिनयका साथ ‘मलाई त पदमै रस बस्यो, पद नभई भएन’ भन्छन् भनेर बोलेको, तर एउटा टेलिभिजनले मलाईं नभई हुँदैन’ भनेर देखाएर आफूलाई बद्नाम गर्न खोजेको उहाँले बताउनु भयो ।

 

आफ्नो नेतृत्वको सरकार भएका बेला पनि टेलिभिजन, रेडियो, सामाजिक सञ्जाललाई प्रयोग गरेर भ्रम फैलाउने काम गरेको उहाँले बताउनु भयो ।आफ्नो कला, साहित्य, प्रचार माध्यम र सामाजिक सञ्जालमार्फत यस्ता भ्रमहरु चिर्नुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिनु भएको छ ।

आफूहरु नभएको भए २०१७ साल आइसक्थ्यो भन्दै उहाँले अघि भन्नुभयो , ‘आज त हामीसँग हरेकसँग मोबाइल छ । कसैले गलत कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरी, फेरिदेखि त्यस्तो टिप्पणीहरु नगर्ने गरी त्यसको सातो लिन सक्छौं ।’

कसैले राम्रो लेखेको छ भने सकारात्मक टिप्पणी गरेर उत्साहित गर्नुपर्ने उहाँले बताउनु भयो । एमाले अध्यक्ष ओलीले अघि भन्नु भयो हामी पनि यस वारमा यथाशक्य सामेल हुनुपर्छ । हामी ठूलो संख्यामा छौं । ठूलो संख्यामा भएकाले हामी सरिक भयो भने कसैमा भ्रम पर्न जरुरी छैन ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu