घरको झ्यालको रेलिङमा झुण्डिएको अस्थामा एक युवती मृत फेला
काठमाडौं। ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएको प्रहरीले जनाएको छ न् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिनु भयो ।
उहाँका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उहाँको शव परिवारका सदस्यले फेला पारेको बताउनु भयो । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
बाहिर पसल थियो, आफन्तले देखेपछि अस्पताल लगेछन्’ उहाँले भन्नु भयो ‘तर अगाडि नै मृत्यु भइसकेको रहेछ ।’शाहको माइती पक्षले चाहिँ उहाँको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उहाँहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।
एसएसपी बज्राचार्यले भन्नु भयो , ‘मृत्युको कारण त पोष्टमार्टम रिपोर्टपछि नै खुल्छ, यसमा अरु कुनै कारण छ कि भन्नेबारे पनि अनुसन्धान हुन्छ ।’ उहाँका अनुसार शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । विस्तृत अनुसन्धान जारी छ ।