‘लुतो लागेको’ सरकार आफैँ खुइलिन्छ:ओली
विराटनगर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताउनु भएको छ ।नेकपा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको बताउनुभएको हो ।
हाम्रो प्रतिस्पर्धा अलिकति नेपाली कांग्रेससँग हुनेछ,’ उहाँले भनु भयो अरु नेपाली कांग्रेसको आड लागेकाको दम छैन एक्लै लड्ने ।’उहाँले सरकार चुनावसम्म टिक्ने सम्भावना पनि नरहेको बताउनु भयो । ‘हामी पाँच दल चुनावसम्मै मिल्छौं किन भन्दैन कांग्रेस,’ उहाँले भन्नु भयो , ‘‘कांग्रेससँग मिसिएकाहरु छन् नि कांग्रेसका सेवक ढोके, हुक्के, छातेहरु चाहिँ हामी चुनावसम्म एक ढिक्का भएर जान्छु भन्दै कराएका करायै छन् किनभने कांग्रेसको औंला नसमाती यिनीहरु उभिन सक्दैनन् ।’
अध्यक्ष ओलीले एमालेको सरकार ढालेर मन्त्री बनेकाहरूले आगामी निर्वाचनमा जमानत जोगाउन नसक्ने दावी गर्नु भयो ।‘१ नम्बर प्रदेशमा पनि भर्खरै सरकार ढालेका छन् । सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन,’ उहाँले भन्नु भयो ‘अहिले एमालेको सिट संख्याको आधा सिट पनि कुनै दलको छैन, एमाले छोडेर मन्त्री भएकाहरूले फेरि आउँदो चुनावमा जमानत जोगाएर देखाउन् त ।’
अधिकांश समय अदालत र वर्तमान सरकारको आलोचनामा खर्चिएका ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरमा आउने पनि जिकिर गनु्््््््र्् भयो ।
आफूले चाहे एक सातामा सरकार ढाल्न सक्ने बताउँदै उहाँले ‘लुतो लागेको’ सरकार आफैँ खुइलिने बताउनु भयो । गठबन्धनमा रहेका पाँच दल पाँचतर्फ फर्किएको बताउँदै उहाँले सरकार धेरै रहे १३ महिनासम्म मात्रै रहने बताउनु भयो ।