Connect with us
Kapilvast Forest

देउवा र पौडेलबाट काँग्रेस चल्दैनः नेता सिंह

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

parkash

 

सिन्धुली- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताउनुभएको छ ।

सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले काँग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन । पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’

आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेकोउल्लेख गर्दै नेता सिंहले क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘बेथितिबाट काँग्रेस र देश चल्दैन । पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्, भविष्य हेर्नुहोस् । छोरा नाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । काँग्रेस बचाउनुहोस् ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu