Connect with us
Kapilvast Forest

अध्यक्षमा उठ्ने भीम रावलको संकेत

२०७८, २३ कार्तिक मंगलवारमा प्रकाशित

bhim.jpg

 

काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गर्नु भएको छ । मंगलबार गृह जिल्ला अछाम पुगेका रावलले पार्टी एकता जोगाउन दशौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिने बताउनसु भयो ।

साँफेबगर नगर कमिटीको बैठकमा रावलले भन्नु भयो , ‘तपाईंहरु जेमा उठ् भन्नु हुन्छ, त्यसैमा उठ्छु । यदि तपाईंहरुको पनि यहाँ केही छ भने भनिहाल्नुहोस् ।’ फ्लोरबाट आवाज आयो, ‘अध्यक्षमा ।’

 

यसपछि रावलले भन्नु भयो , ‘प्रस्तावै रहेछ । म यो आवाजलाई कमजोर हुन दिन्नँ ।’ उपाध्यक्ष रावलले हार्ने जित्नेको चिन्ता नगर्न पनि आग्रह गर्नु भयो । ‘यो दशौं राष्ट्रिय महाधिवेशनमा तपाईंहरुको स्वाभिमान, भावनालाई झण्डा चाहिँ बलियो गरी समात्छु । हार्ने जित्ने कुराको चिन्तै नगर्नुहोस्’, उहाँले भन्नु भयो ।

चुनावमा हारजित भइरहने उहाँको भनाइ थियो । ‘नहार्ने कोे छ रु केपी ओलीजी हारेको थिएन, हारेको थियो । केपी ओलीसँग एउटै प्यानलमा थिएँ, उहाँ अध्यक्षमा हार्नुभयो, म उपाध्यक्षमा’ उहाँले उदाहरण दिनु भयो , ‘केपी ओली झापामा हार्नुभएको छैन रु म संविधानसभामा हारेको हो । माधव नेपालले हारेको छैन काठमाडौंमा ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu