Connect with us
Kapilvast Forest

उपेन्द्र यादव आज कपिलवस्तु आउँदै

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव जसपाको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न आज बुधबार कपिलवस्तु आउनु हुने भएको छ । आज र भोलि (२४ ,२५ )गते जसपा कपिलवस्तुले आयोजना गरेको दुई दिवसीय बैठक, जनसभा तथा पार्टी प्रवेश जस्ता कार्यक्रमलाई अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा रहँदा उहाँलेआज (बुधबार) बिहान जिल्ला पार्टीद्धारा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई पकडी चौराहमा सम्बोधन गर्नुहुने कार्यक्रम जसपाले तय गरेको छ । त्यस्तै अध्यक्ष यादवले भोलि (बिहिबार)बिहान ८ बजे जिल्लाको औधोगिक क्षेत्र कृष्णनगर नगरपालिकाका उद्योगी, व्यापारी उच्चपदस्थ बुद्धिजीविहरुसँग अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै सोही दिन दिउसो १२ बजे देखि जसपाको आन्तरिक पंक्तिसँग बृहत प्रशिक्षण तथा पार्टी प्रवेश कृष्णनगरमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ द्धारा आयाजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको जसपा कपिलवस्तुले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu