Connect with us
Kapilvast Forest

एमाले माहाधिबेसन प्रतिनिधिका लागि कपिलबस्तु क्षेत्र नं २ बाट सर्बसहमत नेतृत्व चयन

२०७८, २७ कार्तिक शनिबारमा प्रकाशित

 

कपिलवस्तु- नेकपा एमालेले कपिलबस्तु क्षेत्र नं. २ मा समेत सर्बसहमत नेतृत्व चयन गरेको छ ।जसनुसार उपाध्यक्ष बाबुराम खनाल प्रदेश नेता टेकराज पौडेल आजाद अहमद दर्जी र महिला तर्फ लक्ष्मी नेउपाने निर्वचित हुनु भएको हो । यता क्षेत्र न १ मा सर्वसम्मत रुपमा ८ जना महाधिवेशन प्रतिनिधी छनौट भएका छन् । जस अनुसार जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सांसद विष्णु पन्थी, प्रदेश नेता डम्मर शर्मा, उपसचिव विश्राम चौधरी, जिल्ला नेता घरभरन यादव, र विश्व कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

यसै गरी महिला तर्फ प्रभा पौडेल र शान्ता पाण्डे छनौट हुनु भएको छ । ४ महिला र २२ पुरुष गरि २६ जनाले उम्मेदवारी दिएकोमा सर्वसहमतीका लागि ८ जनावाहेक अरु सबैले उम्मेदवारी फिर्ता गरेको निर्वाचन समिती संयोगक ताराजन घिमिरेले जानकारी दिनुभयो । नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुदै छ ।

यता कपिलवस्तुको क्षेत्र न ३ मा भने ४ प्रतिनिधिका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिकिो लागि ११ पुरुष र ३ जना महिलासहित १३ जनाको उम्मेदवारी परेको  नेकपा एमाले शिवाज नगर कमिटीका अध्यक्ष जगत पौडेले जानकारी दिनु भयो   ।

महाधिवेशन प्रतिनिकिो लागि अर्जुन कुमार के सी, जगत प्रसाद पौडेल,मेहवाव आलम खाँ, टोपलाल पोख्रेल सिता देवि रेग्मी ( महिला )मोहम्मद मुस्तफा,उपेन्द्रनाथ खनाल सफर मिया ,कमला भुसाल (महिला)राम निवास यादव ,शुशिल कुमार श्रीवास्तवर कृष्ण् प्रसाद भडारले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि १३ जनाको उम्मेदवारी आए पनि आन्तरुीक रुपमा भएको सहमति शिवराजवाट २,जना कृष्ण नगरवाट १ जना र विजयनगर वाट १ जना प्रतिनिधि छनौट हुने उहाँले बताउनु भयो ।उहाँले भन्नु भयो , ‘सकेसम्म सर्वसम्मत नसके निर्वाचन प्रक्रियाबाट टुंग्याउनेगरी छलफल जारी छ।’

यता दलित तर्फवाट कपिलवस्तुमा २ जना चयन हुनु भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कपिलवस्तु जिल्लामा दलित निर्वाचन क्षेत्रवाट शान्तिदेवी हरिजन र सि बी गहतराज सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu