Connect with us
Kapilvast Forest

चन्द्रौटाका युवाहरुको पहलमा अग्नीपिडितलाई तिन लाख सहयोग

२०७८, २७ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु-चन्द्रौटाका तिन व्यावसायीको पहलमा अग्नीपिडित व्यावसायीलाइ आर्थिक सहयोग छन । युवा व्यावसायी पदम ढकाल,विस्नु हमाल र ओम थापाको नेतृत्वमा अग्नीपिडित विस्नु भुसाल र बाबुराम गिरीलाई आज नगद तिन लाख सहयोग रकम हस्तानतरण गरेका हुन ।

विभिन्न दाताहरुबाट संकलन गरेको सहयोग राशि सहयोग कार्यमा जुटेका १० वढि युवाहरुले अग्निपीडित विष्णु भुसाल र बावुराम गिरीलाई जनही एक लाख ५० हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेको युवा व्यवसायि विष्णु हमालले बताउनु भयो ।

यो अत्यन्त दुःखद घडीमा पिडित ब्यवसायिहरुलाई केहि राहत संकगरेर प्रदान गरे र पिडित ब्यवसायिहरुलाई विभिन्न निकाय सगँ सहकार्य गरेर भए पनि थपसहयोग गर्ने युवा ब्यवसायि पदम ढकालले अस्वाशन समेत दिनु भयो ।

गत मंगलबार राति  कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको चन्द्रौटा फिक्ससप र ल्यापटप हस्पिटल गरि दुई पसलमा आगलागी हुदां ९० लाख बढीको क्षती भएको थियो ।

विगतका दिनहरुमा हरेक समस्याका पिडितहरुलाई मलम लगाँदै आएका युवाहरुले यो पटक पनि भर्खरै भएकोे घटना प्रति केहि भए पनि राहत पुगोस भनेर नगद रकम संकलन गरी पिडित दुवै ब्यवसासयिहरुलाई प्रदान गरेका हुन । युवा ब्यवसायिहरुले राहत सहयोग गर्दै अन्य ब्यवसायिहरुलाई समेत सहयो गर्न अपिल गरेका छन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu