पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध कपिलवस्तुमा बिरोध प्रदर्शन
कपिलवस्तु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृध्दिले शनिबार देशभर विराेध प्रदर्शन भएकाे छ । यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले पेट्रोलियम पदार्थको मूल्य बृध्दिकाे विराेध प्रदर्शन गरेकाे हो ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कपिलवस्तुकाे विजयनगर गाउँपालिका, शिवराज, कृष्णनगर, महाराजगन्ज, बाणगंगा, बुध्दभूमी, कपिलवस्तु नगरपालिका लगायत विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध प्रदर्शन गरेका हुन् ।
विरोध सभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेता तथा विजयनगर इन्चार्ज राजेन्द्र प्रताप शाहले यो दलाल संसदीय व्यवस्था भनेको कलोबजारी र भ्रष्टाचारको अखडा भएकोले यो व्यवस्थाको अन्त्य अनिवार्य आवश्कता भएको बताए ।
कार्यक्रममा बोल्दै युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा महाराजगन्ज, कृष्णनगर इन्चार्ज बाद्लले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको विरुद्धमा देशव्यापी आन्दोलनको सिर्जना गरेको र बाध्य भएर ३० गते नेपाल बन्द गर्न लागेको हुँदा यो जनजिविकाको सवाल भएको हुँदा सहयोग गर्न सबै सुदूर–पश्चिमबासीमा अपिल गरे ।
उक्त बिरोध कार्यक्रम वाक्ता शिवराज नगर इन्चार्ज पाबेल ले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबैलाई अपिल गरेका थिए ।
आजै नेपाल कम्युनिस्ट पार्टी वाणगङ्गा नगर कमिटीको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण नगर सेक्रेटरी शेरमनको अध्यक्षतामा,नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा केन्द्रिय स्कुलिङ विभाग प्रमुख धुर्बको प्रमुख आतिथ्यता , नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा अर्घाखाँची, कपिलवस्तु इन्चार्ज जुझारु, जिल्ला सेक्रेटरी कमल केसी र थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय संयोजक सुनिलको आतिथ्यतामा कार्यक्रम सहजीकरण वाणगङ्गा नगर सदस्य ज्ञानेन्द्र पाण्डेले गरेका थिए ।