Connect with us
Kapilvast Forest

ओखलढुंगामा जिप दुर्घटना: ३ को मृत्यु, १३ घाइते

२०७८, २९ कार्तिक सोमबारमा प्रकाशित

accident

काठमाडौं-ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७:३० बजेतिर जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा १३ जना घाइते छन्।‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। हेलिकप्टर मगाएका छौं,’ उहाँले भन्नु भयो । घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ।

 

प्रदेश ३-१०२२-च९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu