Connect with us
Kapilvast Forest

क्षेत्रीय सभापति पदका उमेद्धार खत्रि चर्चामा

२०७८, २९ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नं।३ (क) को क्षेत्रीय सभापति पदमा गोविन्द बहादुर खत्रीले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।क्षेत्रीय सभापति पदकाउमेद्धार खत्रि चर्चामा रहनु भएको छ ।उहाँ यस क्षेत्रका वलियो उमेद्धारको रुपमा देखिएको कांग्रेश शिवराजका एक नेताले भन्नु भयो । खत्रीले नेपाली कांग्रेस पार्टीलाई जिल्लामा थप स्थापित गर्दै मजबुद बनाउन आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।

आज पत्रकार सगँ कुाकानी गर्दै उहाँले आफनो उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाँले कपिलवस्तु प्रदेश सभा क्षेत्र नं।३ (क) को क्षेत्रीय सभापति पदमा उमेद्धारी घोषणा गर्दै यस क्षेत्र भित्र आम नागरिकको आवश्यकता पूरा गराउन आफूले पूर्ण रुपमा सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

लामो समयदेखि समाज सेवा र पार्टीमा अग्रणी भूमिकामा रहेका खत्रीले पार्टीलाई एक ढिक्का बनाउने, नयाँ नेतृत्वबाट संस्कारी काङ्ग्रेस बनाउने जस्ता प्रतिबद्धता जनाएर आफूले उम्मेदवारी दिएको जानकारी दिनु भयो ।

उहाँले पार्टी भित्र देखिएको गुटउपगुटलाई तोड्ने, बिपीको विचारधारालाई शिरोपर गर्दै युवाहरूलाई नेपाली काङ्ग्रेसको भावनात्मक सम्बन्धमा जोड दिने, पार्टीका अग्रज व्यक्तित्वहरूको भावनालाई सम्मान गर्दै,व्यक्तिवादी काङ्ग्रेस हैन सिङ्गो नेपाली काङ्ग्रेस बनाउन लागि पर्ने बताउनु भयो ।

 

नेपाली कांग्रेसमा युवा पुस्ता अगाडी ल्याउने निति अनुसार आफुले उमेद्धारी दिएको बताउनु भयो ।खत्रीले करिव १० बर्ष देखि विभिन्न सामाजिक काम गर्दै जनताको मन जित्न सफल हुनुभएको छ ।आगामी निर्वाचनमा क्षेत्र भित्रका सम्पुर्ण पालिकामा नेपाली कांग्रेसलाई अग्र स्थानमा ल्याउन, प्रत्येक वर्ष क्षेत्र भित्रका गरिव तथा घरबार विहिन जनतालाई आवास निर्माणमा सहयोग गर्न, आगामी चुनावमा प्रदेश र प्रतिनिधी सभाको चुनावमा नेपाली कांग्रेसलाई अग्रभागमा ल्याउनका लागी आफ्नो विकल्प अरु हुन नसक्ने उहांले बताउनु भएको छ । क्षेत्रीय सभापतिको उम्मेद्वार हुनु स्भाविक रहेको भन्दै उहाँ ले सबैले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu