शिवराज ५ मा एमालेमा पहिरो एकीकृत समाजवादीको ५५ सदस्यिय वडा कमिटी गठन
कपिलवस्तु –
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) शिवराज ५ को वडा भेला पश्यात शिवराज ५मा नेकपा एमालेमा पहिरो गएको छ । आज भएको वडा भेलाले एमालेका युवा नेता एव्म एमाले निकट अनेराश्वियु शिवराज नगरकमिटीका कार्यसमिती लगायतका एक जम्वो टोलिको सकृय सहभागितामा वडा कमिटी गठन गरेको हो ।
भेलाले देबि प्रसाद सुवेदी को अध्यक्षतामा ५५ सदस्यि वार्ड कमीटी गठन गरेको छ । वार्ड कमीटी उपाध्यक्षमा मोहमद मुसलमान, सचिबमा दिनेश बेल्वासे र सह सचिबमा सुनिता वि क सहितको ५५ सदस्यिय वार्ड कमीटी गठन गरेको हो । त्यस्तै आजको भेलाले शिवराज ५ मा नेकपा एकिकृत समाजवादिको २१ सदस्यिय दलित मुक्ति सँगठन, र दिनेश के सिको अध्यक्षतामा १५ सदस्यिय अनेम सँघ वडा कमिटि गठन गरेको छ ।
वार्ड भेलामा विभिन्न पाटि परीत्याग गरी १५० जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको नेकपा एकीकृत समाजवादी शिवराज नगर कमिटि अध्यक्ष शरोज पौडेलले जानकारी दिनु भयो । अधिकासं नव प्रवेसिहरु पार्टि संगठित सदस्यलगायतका नेता रहेको बताउनु भयो । त्यस्तै आज आज नै अनेम संघमा १५ सदस्यिय रदलित मुक्ति संगठनको २१ सदस्यिय कमिटि गठन गरेको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मिना परीयारले एमाले अध्यक्ष केपी ओलीको प्रतिगामी र दक्षिणपन्थी विचलनका कारण तत्कालीन नेकपा र एमाले विभाजित हुन पुगेको भन्दै परीयारले माधव नेपालको नेतृत्वमा वृहत समाजवादी केन्द्र निर्माण भएको अब देश विकास र समृद्दिका लागि नेकपा एस नै आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका कपिलवस्तु जिल्ला अध्यक्ष लंक बहादुर हमालले पदको लागि नभएर देश विकासका लागि र भ्रष्ट र दलालहरुसगँ मिल्न नसकेर पाटि विगठि भएको बताउनु भएको थियो ।
देश निमार्ण र युवा शक्तिलाई अगाडि ल्याउनका लागि सबैलाई नकपा एसमा आउन आवहान पनि गर्नुभयो । त्यसैगरी नेकपा एकीकृत समाजवादीका शिवराज नगर कमिटि अध्यक्ष सरोज पौडेलले नेकपा एस भनेको सधैब युवाको साथमा रहेको बताउदै युवा सहभागितालाई बडाउदै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नकपा एसका नेताहरु जिवलाल पौडेल, अर्जुन बेल्वासे, सुमित्रा अधिकारी, कविता आचार्य, लिलामणि आचार्य लगायतको आतिथ्यता रहेको थियो ।