Connect with us
Kapilvast Forest

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

 

 

विराटनगर – प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको छैटौं बैठक आज बस्दैछ । आज बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वाको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गर्नु भएको थियो । तर एमालेले बैठक स्थगित गर्न माग गर्‍यो । सत्ता पक्ष बैठक स्थगित गर्न तयार हुनुन्थेन ।

 

सत्तापक्षको जोडबलमा बसेको बैठकमा विश्वासको मत सम्बन्धित प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमै प्रवेश नगरी बैठक आज बिहान साढे ११ बजेसम्मका लागि स्थगित गर्नु भयो ।

नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

सत्ता पक्षको जोडबलमा बसेको बैठकमा प्रतिपक्षी दल एमाले सहभागी भएन । प्रतिपक्षी सहभागी नभएपछि सभामुखले कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गर्नु भएको थियो ।

आज बस्ने बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् । प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu