Connect with us
Kapilvast Forest

कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्रै

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।

उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । तर काम गर्दै जाँदा केही दिन अघिपछि हुन सक्छ ।’

 

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए । उनले भने ‘अहिले हामीले सबै काम एक साथ गरिरहेका छौं । सक्दो छिटो नतिजा सार्वजनिक गर्नेछौं ।’

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu