Connect with us
Kapilvast Forest

सुसाइड नोट लेखेर ससुरालीमा आत्महत्या

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

death

 

जनकपुरधाम – ससुरालीका सबै सदस्य मिलेर कुटपिट गरेको भन्दै धनुषाका एक युवकले सुसाइड नोट लेखेर आत्महत्या गर्नु भएको छ । धनुषाको मिथिला नगरपालिका २ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका ५ श्रीपुरस्थित ससुराली घरमा आत्महत्या गर्नु भएको हो ।

महतोले सुसाइड नोट लेखेर खल्तीमा हाली आत्महत्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी)जितेन्द्र बस्नेतले जानकारी दिनु भयो । उहाँको उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुसाइट नोटमा उहाँले आफूलाई ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेवार ससुराली घरका सबै सदस्य हुनेछन् भन्दै लेख्नु भएको छ ।

सुसाइड नोटमा लेख्नु भएको छ ‘म रामचन्द्र महतो म आफ्नो पुरै होस हवासमा लेख्दै छु, कि मेरो यदि कुनै कारणबस् मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यको हुनेछ । किनकी मलाई मिति २०७८र७र२९ गतेका दिन बेलुकातिर सबैजना मिली कुटेको छ र टर्चर गरेकाले मलाई यसले धेरै मन दुख्ने गाली गरेकाले म आत्महत्या गर्न गइरहेको छु।’

उहाँले सुसाइड नोटमा आफ्नो हस्ताक्षर समेत गर्नु भएको छ । महतोले मिथिला नगरपालिका ५ श्रीपुरमा रहेको ससुराली घरमा झुण्डेर आत्महत्या गर्नु भएको छ । झुण्डेको देखेपछि परिवारजनले उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि सासू सुमित्रा देवी र सालो श्रवण महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक महतोले ५ वर्षअघि प्रेम विवाह गर्नु भएको थियो । उहाका दुई छोरा छन्। घरभन्दा केहि पर मात्र ससुराली भएकाले प्रायः ससुरालीघरमा आउजाउ गर्ने गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu