Connect with us
Kapilvast Forest

आजदेखि ई-पासपोर्ट

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं – राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी ९ई–पासपोर्ट० जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्नुहुने छ ।

महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्। विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो।

ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ। पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताए। अरू प्रकारका भने जनवरीदेखि मात्रै जारी हुनेछन्। ‘केही साता सीमित मात्रै ई–पासपोर्ट वितरण गर्छौं’, अर्यालले भन्नु भयो , ‘बिस्तारै बढाएर लान्छौं।’

मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ। सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्। विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो। अर्यालका अनुसार ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ। ‘चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण हुन्छन्। यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैन’, अर्यालले भन्नु भयो ।

यसले गर्दा व्यक्ति झुक्किने हुँदैन। मेसिनले पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने उनले बताए। उनका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ। उक्त मेसिनमा एकपटक त्यस्तो पासपोर्ट प्रयोग भएको र त्यही पासपोर्ट अर्को व्यक्तिले प्रयोग गरे रोकिदिन्छ। त्यसैले कसैको पासपोर्टमा हुलिया परिवर्तन गरी हिँड्ने सम्भावना पनि न्यून हुन्छ।

यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो। विदेशस्थित कूटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयले रुजु गर्ने, लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य सकेपछि विभागबाट पासपोर्ट जारी हुन्छ। अर्यालका अनुसार हाल लाग्ने गरेको समयभन्दा कम्तीमा आधा समयमा अब पासपोर्ट प्राप्त गर्न सकिन्छ। समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो र राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। यो हाल विश्वमा चलेको सबैभन्दा सुरक्षित र भरपर्दो पासपोर्ट हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu