Connect with us
Kapilvast Forest

सञ्चित कोष एक खर्बले बचतमा

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौँ- गत आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारको सञ्चित कोष एक खर्ब सात अर्ब १६ करोड रुपियाँले बचतमा देखिएको छ । गत आवमा कुल १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख रुपियाँ प्राप्त भएकोमा ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख रुपियाँ मात्र भुक्तानी हुँदा कोष उक्त रकमले बचतमा रहेको हो ।
महालेखा नियन्त्रकको कार्यालयले मङ्गलबार अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
गत आवमा सरकारले कुल विनियोजनको ८१.१५ प्रतिशत मात्र खर्च गरेको थियो । कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपियाँ विनियोजन भएकोमा ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख मात्र खर्च भएको हो ।
कुल खर्चमध्ये सरकारको स्रोतबाट ८२.३२ प्रतिशत र १७.६८ प्रतिशत वैदेशिक स्रोतबाट बेहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको हिस्सा ३.४ प्रतिशत र ऋणको हिस्सा १४.६४ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार गत आवमा लक्ष्यको ८२.८१ प्रतिशत राजस्व सङ्कलन भएको छ । कुल राजस्वमध्ये करतर्फ नौ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपियाँ र अन्य कर राजस्वतर्फ एक खर्ब खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख रुपियाँ गरी कुल आठ खर्ब ८८ अर्ब एक करोड ४२ लाख राजस्व सङ्कलन भएको हो । गत आवमा कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य थियो ।
प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजस्व सङ्कलन र बेरुजु फस्र्योटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान रहेको बताउनुभयो । उहाँले विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानुनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu