Connect with us
Kapilvast Forest

मोटर ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

रौतहट – रौतहटको कटहरिया बजारस्थित एक ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । हावा भर्ने ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षीय छोरा समसुल मियाँको मृत्यु भएको हो ।

 

अचानक ट्याङ्की पड्किँदा उछिट्टिएको फलामको टुक्राले टाउकोमा लागेर घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं सई बिरेन्द्र यादवले बताउनु भयो ।

सोही घटनामा २५ वर्षीय जैसी यादव भने घाइते भएका छन् । उनको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu