Connect with us
Kapilvast Forest

रामदेवकाे कार्यक्रममा काे–काे पुगे

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं – योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले आज शुक्रवार पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी स्याटलाइटबाट प्रसारण गर्ने गरी उद्घाटन गरेको हो ।

आज काठमाण्डाैकाे मण्डिखाटारमा भएकाे एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनकाे उद्घाटन गर्नुभएकाे हाे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालगायत धेरै नेताकाे उपस्थिति रहेकाे थियाे । त्यस कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने देखिनुभएन ।

कार्यक्रममा बाेल्दै प्रधानमन्त्रीसहित नेताहरूले बाबा रामदेवले याेगमा पुर्‍याएकाे याेगदानकाे चर्चा गरेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu