शनिबार देशैभर वडा सम्मलेन गर्दै माओवादी
काठमाडौं-नेकपा माओवादी केन्द्रले भोलि शनिबार देशैभर वडा सम्मलेन गर्ने भएको छ।पार्टी प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनु भयो ।
पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नको लागि यो सम्मेलन कोशेढुंगा सावित हुने समेत उहाँले बताउनु भयो ।सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान र मानसिकता नराखी सहभागी हुन समेत उहाँले आग्रह गर्नु भयो ।