Connect with us
Kapilvast Forest

कपिलवस्तुमा माओवादीको वडा सम्मेलनको तयारी पुरा

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

 

माधव बेल्वासे,चन्द्रौटा,कपिलवस्तु
नेकपा माओवादी केन्द्रको शनिवार हुने वडा सम्मेलनको तयारी पुरा भएको छ । कपिलवस्तुका ९६ वडामा भोलि एकै साथ सम्मेलन हुने माओवादी केन्द्र कपिलवस्तुले जनाएको छ ।

केन्द्रका जिल्ला संयोजक विष्णु शाहका अनुसार सबै पालिकाका वडाहरूमा सम्मेलनको लागि जिम्मेवारी प्रदान गरिएको बताउनुभयो । सबै वडामा व्यापक छलफल गरी नेतृत्व चयन गर्ने सबैलाई आग्रह गर्नुभएको छ ।

नेतृत्व चयनमा विशेष ध्यान दिँदै कर्मठ नेतृत्व ल्याउनुपर्ने भएकोले वडाका सदस्यहरूलाई विशेष छलफल गर्न आग्रह गर्नुभयो । वडा सम्मेलनमा उत्साहजनक सहभागिता हुने अपेक्षा गर्दै सम्मेलनको सफलताको कामना समेत गर्नुभयो । कपिलवस्तुमा ८ हजार माओवादी केन्द्रका कृयशिल सदस्य रहेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu