Connect with us
Kapilvast Forest

मकवानपुरमा एचआईभी संक्रमित बढे

२०७८, ४ मंसिर शनिबारमा प्रकाशित

हेटौंडा- मकवानपुर जिल्लामा हाल एचआईभी संक्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्यांक देखाएको छ। यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ।

प्रत्येक महिना ४–५ एचआईभीका नयाँ संक्रमित देखिने गरेको छ।  उक्त अस्पतालका अनुसार जिल्लामा ती संक्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गी रहेको बताइएको छ। उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमणविरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ।

अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी संक्रमितको सङ्ख्या बढ्दै गरेको जानकारी दिँदै मकवानपुरका केही संक्रमितका साथै अन्य जिल्लाका संक्रमितले समेत एआरटी खाइरहेका बताए। सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी सङ्क्रमणबाट मृत्यु भइसकेको छ। एचआईभी हुँदैमा एड्स नहुने र एचआईभी संक्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उनको भनाइ छ।

संक्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणु वृद्धि भएर संक्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने काउन्सुलर श्रेष्ठले बताए। एचआईभी संक्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने,  पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो।

असुरक्षित यौन सम्पर्क, संक्रमितको रगत तथा सिरिन्जको प्रयोगले यो रोग सर्ने भएकाले त्यसबाट जोगिनुपर्ने बताइएको छ। सरकाले यस रोगका सम्बन्धमा समय समयमा चेतनामूलक कार्यक्रम गरिरहेकोले रोग लुकाउन नहुनेमा काउन्सुलर श्रेष्ठले जोड दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu