Connect with us
Kapilvast Forest

देउवा र प्रचण्डलाई निम्तो छ, माधव नेपाललाई छैन :एमाले नेता तामाङ

२०७८, ४ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौं-नेकपा (एमाले)का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइसकिएको बताउनु भयो ।

 

नेता तामाङले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई महाधिवेशनमा निम्तो दिइए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने निम्ता नपठाइएको बताउनु भयो । शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले भन्नु भयो ‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाउनु भयो । तर उहाँले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाउनु भयो ।

नेता तामाङले माधव नेपाल नेतृत्वको पार्टीलाई भने महाधिवेशनमा निम्ता नदिइएको बताउनु भयो । उहाँले भन्नु भयो ‘माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं । हाम्रो यसमा प्रष्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ । माधव नेपालहरू पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला रु वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ । हाल उहाँहरुलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu