Connect with us
Kapilvast Forest

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

 

धनुषा-दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ । आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

 

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो ।

योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा (एस)को गठबन्धन सरकार भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu