जगदीशपुर तालमा १० हजार माछाका भुरा छोडियो
कपिलवस्तु – बिश्व मत्स्य पालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिका स्थित विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा छोडिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दिवसमा अवसरमा तालमा स्थानीय र बिकासी जातका माछाका भुरा छोडिएको हो । जगदशीपुर जलायस ब्यवस्थापन बहुरोकार मन्चका अध्यक्ष ललित गुरुङ, वडा नम्म्बर ९ का अध्यक्ष शिव बहादुर बाग्ले लगायतले तालमा भुरा हाल्नु भएको हो ।
तालमा कमन, बिहेड, सिल्भर, रहु र नैनी दुई दुई हजारका दरले भुरा हालिएको बिज्ञ केन्द्रका प्रमुख उत्तम आचार्यले बताए । सो अवसरमा बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा बिज्ञ केन्द्रले माछाको भुरा हाल्नु राम्रो काम भएको बताउनु भयो । उहाँले १ सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीको माछा र बिभिन्न पंक्षीहरु समेत रहेको बताउनु भयो । उहाँले तालमा रहेको माछालाई सरकारले ब्यवस्थापन गर्न दिनु पर्ने माग गर्नु भयो । सिमसारको नाममा माछा मार्न नहुने भन्ने कुरा गलत भएको भन्दै माछाको ब्यवस्थापन हुनु पर्ने बताउनु भयो ।
सो अवसरमा वडाअध्यक्ष वाग्लले तालमा माछाको भुरा हालेर बिज्ञ केन्द्रले सही काम गरेको बताउनु भयो । उहाँले तालको संरक्षण र विकासकालागि माछाको ब्यवस्थापन हुनु पर्ने बताउनु भयो । कार्यक्रममा बिज्ञ केन्द्रका प्रमुख आचार्यले तालमा रहेका माछाको संरक्षण र प्रबद्र्धनकालागि भुरा हालिएको बताउनु भयो । माछाको ब्यवसायिक पूर्बन गरी आयआजृन गर्नृ कुरा नेपाल र कपिलवस्तमा प्रशस्त संभावना रहेको बताउनु भयो ।
उहाँले देशमा ९१ हजार ८३२ र कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउनु भयो । यस बर्ष जिल्लामा १५ हेक्टर क्षेत्रमा माछा मिशन कार्यक्रम संचालन गरिने र २ वटा जिउदो माछा पसल चलाईने बताउनु भयो । कपिलवस्तुलाई माछको पकेट क्षेत्र बनाउनकालागि कृषकहरुलाई माछा पालन तर्फ आकषिृत गराई अनुदान समेत दिनु पर्ने बताउनु भयो ।