छन्द कालेबाबु आँखा अस्पतालद्वारा , बुद्धभुमी प्राथमिक आँखा उपचार तालिम
कपिलवस्तु-कपिलवस्तुको बुद्धभुमीमा आँखा उपचार तालिम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ(एन.एब.बी.पी.),नर्वेको आर्थिक सहयोगमा बुद्धभुमी नगरपालिकामा आमा समूहहरुको लागि संचलित एक दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न भएको छ ।
तालिम कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले अन्धोपन न्युनीकरणको सवालमा आँखा अस्पतालसँगको सहकार्यलाई आगामी दिनहरुमा अझ घनिभुत तरिकाले अगाडि बढाउने बताउदै आमा समूहका सहभागीहरुलाई आफुले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
त्यसैगरी उप प्रमुख मीरा थापाले तालिम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्दै अन्धोपन न्युनीकरणमा स्थानीय निकायको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले शुभकामना मन्तव्यको क्रममा आँखा अस्पताल र नगरपालिका बीचको सहकार्यलाई निरन्तरता दिने उल्लेख गर्दै नगरपालिकामा शुरुवात गरिएको साप्ताहिक आँखा उपचार क्लिनिकमा स्थानीयहरु लाभान्वित भैरहेको र आमा समूहले यसको थप प्रचार प्रसार गरेर घर घरमा यसको सन्देश लिएर जानु पर्नेमा बिशेष जोड दिनु भयो ।
छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले संचालन गर्नु भएको तालिम कार्यक्रमको प्रशिक्षक ओपेन्द्र चन्द रहनु भएको थियो ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता,बुद्धभुमी नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र उप प्रमुख मीरा थारुको विशिष्ट आतिथ्यतामा भएको तालिम कार्यक्रममा बुद्धभुमी नगरपालिकाका विभिन्न वडाका १८ जना आमाहरुको उपस्थिती रहेको थियो ।