Connect with us
Kapilvast Forest

सप्तरी उद्योग वाणिज्य संघमा अग्रवाल समूह निर्वाचित

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

राजविराज – सप्तरी उद्योग वाणिज्य संघको आइतबार घोषित निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा लालुप्रसाद अग्रवाल निर्वाचित हुनु भएको छ । सात वर्षपछि भएको अधिवेशनमा संघका निवर्तमान उद्योग उपाध्यक्ष शंकरकुमार दासलाई फराकिलो मतले पराजित गर्दै उद्योगी लालुप्रसाद अग्रवाल अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

अग्रवालले ७४६ मत प्राप्त गर्दा दासले ३२७ मत ल्याएको प्रमुख निर्वाचन अधिकारी रामकुमार यादवले जानकारी दिनु भयो । अग्रवाल र दासले बेग्ला–बेग्लै १४ सदस्यीय प्यानलसहित उम्मेदवारी दिनु भएको थियो ।

दास समूहबाट सहकोषाध्यक्षमा निर्मल मुन्धडा र सदस्यमा संजय पुर्वे विजयी भएका छन्। अन्य विजयी पदाधिकारी र सदस्यहरु अग्रवाल समूहका हो ।

उद्योगतर्फको उपाध्यक्षमा दुर्गानन्दप्रसाद साहले ५७२ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी रामअशिष साहले ४७० मत प्राप्त गर्नु भयो । वाणिज्यतर्फको उपाध्यक्षमा रमेशकुमार साहले ८१८ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी गौरीशंकर साहले ३२८ मत प्राप्त गरे। गौरीशंकर यसअघि वाणिज्य उपाध्यक्ष नै हुनुन्थ्यो । महासचिवमा अमृतकुमार संचेतीले ६५५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सुरज सिंहले ३८५ मत ल्याउनु भयो ।

यसैगरी सचिवमा सुरेन्द्र विमलले ५९३ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी गुलामबदी उजुम खाँले ४२४ मत प्राप्त गरे। कोषाध्यक्षमा प्रमोदकुमार कावराले ६८४ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी दिनेशप्रसाद साहले ३८९ मत प्राप्त गर्नु भयो ।

सह–कोषाध्यक्षमा निर्मल मुन्धडाले ५४४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी अनिलप्रसाद सिंहले ४७६ मत प्राप्त गरे। निर्वाचन समितिले घोषणा गरेअनुसार सदस्यहरुमा सन्तोष सिंन्हाले ६३२, सचिन्द्र दासले ५६९, सुरेन्द्र साहले ५१६, कमलप्रसाद साहले ५२०, संजय पुर्वेले ४९५, दिलिपप्रसाद गुप्ताले ४८३ र महिला सदस्यमा अम्बिका दाहालले ६३७ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

संघमा कुल १ हजार ३२२ मतदाता रहेकोमा १ हजार १६१ जनाले मतदान परेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu