Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीश जबराविरुद्ध बार एसोसिएसनको आन्दोलन जारी

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । प्रधानन्यायाधीशविरुछको तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ ।

 

आइतबार कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका थिए । सर्वोच्च अदालत परिसरभित्र शान्तिपूर्ण धर्ना कार्यक्रममा अवरोध गर्न सशस्त्र र दंगा प्रहरी परिचालन गरेको भन्दै उनीहरूले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् ।

आइतबारको प्रदर्शनका क्रममा कानुन व्यवसायीहरूले ‘न्यायको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीमाथि दमन गर्न खोजिएको’ भन्दै गृहमन्त्रीको आलोचना गरेका थिए । कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरभित्र धर्ना दिन थालेयता सुरक्षाकर्मी बढाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu