Connect with us
Kapilvast Forest

अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णय

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

सिड्नी — अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताएका हुन् ।

अस्ट्रेलियाको खोप लगाउन योग्य जनसंख्याको ८५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेपछि प्रधानमन्त्रीको यो निर्णय आएको हो । विद्यार्थीसहित अन्य विदेशीका लागि सीमाना खुला गरिएसँगै करिब २ लाख भिसावाहक केही महिनाभित्रैमा अस्ट्रेलिया भित्रिने सम्भावना रहेको छ । यद्यपि अस्ट्रेलिया आउने विद्यार्थीले क्वारेन्टाइन बस्न पर्ने वा नपर्ने निर्णय भने स्थानीय राज्य सरकारको हुनेछ ।

 

अस्ट्रेलियामा अहिलेसम्म सबैभन्दा बढी विद्यार्थी आउने राज्यहरु न्यु साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्राको खोप लगाइसकेका विदेशी नागरिकलाई क्वारेन्टाइन बस्न नपर्ने बताइसकेका छन भने राजधानी रहेको क्यापिटल टेरिटोरीमा आउन चाहनेले समेत क्वारेन्टाइन बस्न पर्नेछैन । विद्यार्थीले ३ दिनभित्रको कोरोना भाइरस नेगेटिभको प्रमाण भने पेस गर्नुपर्नेछ ।

गृह मन्त्रालयद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार २८ वटा विभिन्न शीर्षकका भिसावाहक विदेशी नागरिकले डिसेम्बर १ तारिखदेखि आउन पाउनेछन् । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे, मानवीय, वर्क एन्ड होलिडे लगायतका छन् ।

यसअघि यहाँ आउनका लागि ‘एक्जेम्पसन’ का लागि आवेदन दिनुपर्ने प्रावधान राखिएको थियो । यो प्रावधान हटाएसँगै अब पूर्ण खोप लगाएका र उपयुक्त भिसा भएका हरेक विदेशीले अस्ट्रेलिया प्रवेश पाउनेछन् । प्रधानमन्त्री मरिसनले दक्ष कामदार र विद्यार्थीलाई भित्र्याउन पाउनु अस्ट्रेलियाको लागि महत्त्वपूर्ण भएको बताए । अस्ट्रेलियाको अर्थतन्त्र तथा कामदार परिपूर्तिका लागि यो अत्यन्तै महत्त्वको विषय भएको उनको भनाइ छ ।

 

६ राज्य तथा २ टेरिटोरी रहेको अस्ट्रेलियाका ४ राज्य तथा एक टेरिटोरीले अहिले पनि पूर्ण खोप लगाइसकेका विदेशीका लागि लगाइएको क्वारेन्टाइन मापदण्ड हटाएका छैनन् ।

नेपाली कहिले आउलान्?

विद्यार्थीको क्षेत्रमा काम गरिरहेका व्यवसायी सरकारको निर्णयसँगै ठूलो संख्यामा नेपाली विद्यार्थी डिसेम्बर १ तारिखदेखि आउनसक्ने बताउँछन् । सयौँ नेपाली विद्यार्थी भिसा हातमा लिएर अस्ट्रेलिया आउने तयारीमा रहेका छन् । कोरोना महामारीका कारण उनीहररू अस्ट्रेलिया आउन पाएका थिएनन् । उनीहरूले सरकारले तोकेको निश्चित मापदण्ड भने पूरा गर्नुपर्नेछ ।

दक्षिण अस्ट्रेलियाका व्यवसायी अञ्जल पाण्डेले डिसेम्बर १ तारिखदेखि भिसा लागेका र पूर्ण खोप लगाएका नेपाली विद्यार्थी सिड्नी, मेलबर्न र क्यानबेरामा अध्ययनका लागि आउन पाउने बताए । ‘नेपालमा महिनौंदेखि अड्किएर बसेका विद्यार्थीका लागि अत्यन्तै खुसीको खबर हो,’ उनले भने । तर पनि राज्य सरकार तथा केन्द्र सरकारद्वारा दिइएको सूचना तथा जानकारीलाई मात्र आधिकारिक मानेर निर्णय लिन उनले सुझाव

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu