आज हुने भनिएको काँग्रेश कपिलवस्तुको क्षेत्रीय चुनाव स्थगित
कपिलवस्तु-आज हुने भनि मिति तोकिएको नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रीय चुनाव स्थगित भएको छ । प्रतिनिधिसभाका तीन क्षेत्र रहेको जिल्लामा आज मतदानको निर्वाचन कार्यतालिका रहेकोमा अन्तिम समयमा आएर चुनाव स्थगित भएको हो ।
पार्टी सभापति सुरेन्द्रराज आचार्यले एक सुचना जारी गरी प्राविधिक कारण जनाउँदै मतदान स्थगित गरेको जानकारी दिनुभयो । पार्टीको अर्को सुचना प्रकाशित नहुँदासम्मको लागि मतदान स्थगित गरिएको आचार्यमार्फत् जारी सुचनामा भनिएको छ ।काँग्रेश कपिलवस्तुको क्षेत्रीय महादिवेशन प्रतिनिधिको लागि क्षेत्र नं। १ मा टेकबहादुर शाही र अब्दुल मन्नान,क्षेत्र नं। २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा र क्षेत्र नं। ३ मा हरि प्रसाद पोख्रेल र ब्रह्मानन्द उपाध्याय चुनावी मैदानमा हुनुहुन्छ ।
