Connect with us
Kapilvast Forest

बराबरीमा रोकिए चेल्सी र युनाइटेड, सिटीको जित

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेको छ । गएराति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको हो ।

 

खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६९ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको हार टारेका हुन् ।

बराबरीसँगै चेल्सी १३ खेलमा ३० अंक जोड्दै शीर्ष स्थानमा छ । युनाइटेड १८ अंक जोडेर आठौँ स्थानमा छ ।

आइतबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले १–१ गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले १ गोल फर्काए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu