एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध, घोषणा हुन बाँकी
चितवन- नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनु भएको छ । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध चयन हुनु भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुनुहुने भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।