Connect with us
Kapilvast Forest

एमाले महाधिवेशन : निर्वाचन तालिकामा फेरि हेरफेर

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

चितवन-नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनको तालिकामा फेरि हेरफेर गरिएको छ । सोमबार संशोधित तालिका अनुसार उम्मेदवारको नाम फिर्ताका लागि समय बढाइएको छ । यसअघि सोमबार बिहान प्रकाशित तालिकामा उम्मेदवारको नाम फिर्ताका लागि बिहान १०ः३० देखि ११ः३० सम्मको समय तोकिएको थियो ।

 

सोमबारै दोस्रो पटक संशोधित तालिकामा भने नाम फिर्ताका लागि बिहान १०ः५५ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ ।

यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय ११ः४० रहेकोमा त्यसलाई संशोधन गरेर १२ः०५ राखिएको छ । मतदानको समय भने यथावत् छ । आज राति ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu