Connect with us
Kapilvast Forest

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

चितवन- नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष हुनु भएको हो ।

आइतबार नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाउनु भएको थियो । वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई ओलीले उपाध्यक्षको सूचीमा राख्नु भएको छ ।

 

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशन अन्तर्गत आइतबार रातिको बन्दसत्रमा पोखरेललाई वरिष्ठ उपाध्यक्ष प्रस्ताव गर्नु भएको थियो । सहमतिका लागि भन्दै १९ पदाधिकारीको प्रस्ताव प्रस्तुत गरेका ओलीले यदि कसैलाई चित्त नबुझेको भए त्यसैअनुसार उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गर्नु भएको थियो । तर तोकिएको समय अवधिभित्र बरिष्ठ उपाध्यक्ष पदमा अरुको उम्मेदवारी परेन ।यसैगरी नेकपा एमालेको महासचिवमा शंकर पोखरेल पनि सर्वसम्मत चुनिनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu