एमाले उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल सर्वसम्मत
चितवन-नेकपा एमालेको उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चुनिनु भएको छ ।चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ज्ञवाली, गुरुङ र रिमाललाई उपमहासचिव बनाउन प्रस्ताव गर्नु भएको थियो ।
सोमबार बिहान मनोनयन गर्ने समयसम्म पनि अरु कसैले उम्मेदवारी नदिएपछि तीनै जना उपमहासचिवमा सर्वसम्मत हुनु भएको हो ।
एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल पनि सर्वसम्मत भहुनु भएको छ।नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।