Connect with us
Kapilvast Forest

बाँकेमा काँग्रेसको जिल्ला समितिको निर्वाचन स्थगित

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

congress\

बाँके-

प्रदेश अधिवेशनको पूर्व घोषित कार्यक्रमलाई प्रभावित गर्ने भन्दै नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ। जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतिरमण भट्टराईको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

 

बाँकेको जिल्ला स्तरिय निर्वाचनअन्तर्गत १३ मंसिर २०७८ मा मनोनयन दर्ता गर्ने तथा १४ मंसिरमा मतदान गर्ने कार्यतालिका सार्वजनिक भएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन १५ मंसिरदेखि प्रारम्भ हुने भएकोले समय अभावका कारण स्थगित गर्नु परेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार प्रदेश अधिवेशन निर्वाचन सम्पन्न भएपश्चात निर्वाचन प्रक्रिया सुरु गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।

१४ मंसिरमा प्राविधिक एवं अन्य कारणबाट जिल्लाको निर्वाचन गरी निर्वाचन मतदान मत गणना सम्पन्न हुन नसकेमा प्रदेशस्तरीय निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधिहरूको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले स्थगित गरिएको बताइएको छ ।

सो बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक भट्टराई, समितिका सहसंयोजक एवं सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरू भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, वीरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिति रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu