Connect with us
Kapilvast Forest

नेपाल प्रवेश गर्नेहरुमा एन्टीजेन पोजेटिभ देखिए ‘जीन सीक्वेन्सिङ’ गरिने

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

corona-test.jpeg

 

काठमाडौं-कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलिनसक्ने भन्दै सरकारले नेपाल भित्रिने नाकाहरुमा एन्टीजेन परीक्षण बढाउने भएको छ। नाकाबाट नेपाल प्रवेश गर्दा कुनै व्यक्तिलाई कोरोना देखिए जीन परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हवाइ तथा स्थलमाध्यमबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा सरकारले एन्टीजेन परीक्षण बढाउने भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी एन्टीजिन परीक्षणको दायरा बढाइने छ। परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ हो या होइन भनेर पत्ता लगाउन ‘जीन सीक्वेन्सिङ’ गर्ने सरकारको तयारी छ।

एन्टीजेन परीक्षणमा पोजेटिभ केसहरुको थप परीक्षण गरिने भएको छ। हालः देशभर कोभिड–१९ का केसहरु घट्दो क्रममा रहे पनि विश्वका केही मुलुकहरुमा नयाँ भेरिएन्टसहित कोभिड–१९ का केसहरु बढिरहेकाले सतकर्ता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

परीक्षणको दायराअनुसार एन्टीजेन परीक्षणमा पोजेटिभ आएकाहरुको थप नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी जीन सीक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा नमूना पठाउने व्यवस्था मिलाउन स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ। पोजेटिभ नमूनालाई केन्द्रीय प्रयोगशालासम्म पुर्‍याउने कार्यमा समन्वय तथा सहजीकरण गर्न भनेको छ।

प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रलाई संकलित नमूनाहरुलाई केन्द्रीय प्रयोगशालालसम्म पुर्‍याउने व्यवस्था गर्न आग्रह गरिएको छ। नेपाली राहदानी भएका र कूटनीतिक राहदानी बोक्ने अन्य देशका नागरिकले नेपाल आएपछि १४ दिन अनिवार्य क्वारन्टीनमा बस्नुपर्ने छ।

नेपालमा हालसम्म नयाँ भेरिएन्ट पुष्टि नभए पनि जोखिम भने कायम छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी)का प्रवक्ता सुनिता नेपालले नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्न नदिन कडाइ गर्ने योजना रहेको बताइन्।

उनले भनिन्, ‘विदेशबाट नेपाल प्रवेश गर्ने नेपाली १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। सीसीएमसीले संक्रमण रोकथामका लागि कडाइ गर्ने सिफारिस सरकारलाई गर्न सक्छ।’

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ अर्थात् ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरिसकेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu