Connect with us
Kapilvast Forest

एमालेको नयाँ नेतृत्वको लागि ३९ जनाले मतदान गरेनन्

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

सौराह- नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदान सकिएको छ। कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको छ। १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार ३९ जनाले मतदान गरेनन्। सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि बिहान ४ बजेजेदेखि मतदान सुरू भएको थियो।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन्। त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन्।

सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन्। आचार्य यसअघि पनि सचिव थिए। सदस्यहरुका लागि पनि मतदान भएको छ। विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएकोले केही घण्टाभित्रै मतपरिणाम आउने भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu