Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारी पर्सि कपिलवस्तु आउने

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

कपिलवस्तु-राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर १६ गते कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा आज देखि सुरु भएको २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको ज्ञानमहायज्ञ आयोजक मितिले जनाएको छ ।

उहाँ विहान ११ बजे हेलिकप्टरमार्फत् आउने कार्यक्रम रहेको यज्ञका प्रेरक गुरु ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले जानकारी दिनुभयो ।

। राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको श्री मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको सहयोगार्थ महायज्ञ सुरु भएको हो ।

खास उद्घाटन कार्यक्रम पर्सी हुने भए पनि आजबाट कलस यात्रा गरी अनुष्ठानका कामहरु सुरु भएको छ ।
विगतका बर्षहरुमाभन्दा फरक ढंगले सम्पन्न गर्नको लागि यज्ञ स्थल अहिले चिटिक्क पारिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu